

१ घण्टा पहिले
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले आफ्नाे रातो पासपोर्ट फिर्ता गरेका छन् । अर्थमन्त्री खनालले मंगलबार आफ्नो फेसबुक मार्फत ‘रातो पासपोर्ट’ फिर्ता गरेको जानकारी दिएका छन् ।
‘सरकारी सम्पत्तिको नाममा यही एउटा रातो पासपोर्ट थियो, त्यो पनि फिर्ता गर्दैछु,’ खनालले फेसबुक वालमा लेखेका छन् ।
मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु भनी राहदानी यसैसाथ संलग्न राखी अनुरोध गरेको छु ।

