× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरु, बाधा नभए दिउँसोसम्म सवारीसाधन सञ्चालनमा ल्याउने

    २ घण्टा पहिले

    असोज-५,मुग्लिन-नारायढगढ सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ। शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो।

    पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ। पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ।

    थप पहिरो नझरे र निरन्तर रूपमा कार्य गर्दा बाधा नभए आज दिउँसोसम्म सवारीसाधन सञ्चालनमा ल्याउन सकिने जनाएको छ । “सडक सञ्चालनमा नआउन्जेलसम्मको लागि कृपया धैर्य गरेर बसिदिनुहुनहार्दिक आग्रह गर्दछौँ,” उनले भनेको छ ।