

२० आश्विन २०८१, सोमबार
असोज-२१, यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई संयुक्त रूपमा दिने घोषणा गरेको छ।
उनीहरूलाई ‘माइक्रोआरएनए’ (microRNA) को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।
उनीहरूले एक प्रजातिको जुकामा आफ्नो अनुसन्धान गरेका थिए।
माइक्रोआरएन जीनहरू बहुकोषीय जीवमा ५० करोड वर्षदेखि विकसित र विस्तारित हुँदै आएका छन्।मानवजातिमा विभिन्न माइक्रोआरएनएका लागि १,००० वटाभन्दा बढी जीन भएको पत्ता लागिसकेको छ।
यस वर्षका पुरस्कार विजेताहरूले पत्ता लगाएअनुसार माइक्रोआरएनएले गर्ने जीन नियमन सबै बहुकोषीय जीवमा हुन्छ।
अहिलेसम्म ११४ जनाले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्।