× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका विनय अधिकारीको ‘दुनिया लठ्ठै छ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    २ महिना पहिले

    चैत्र-३०, चितवनको इच्छाकामना ४ कुरिनटारमा जन्मेर बेलायतलाई कर्मथलो बनाएका समाजसेवी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको ‘दुनिया लठ्ठै छ’ बोलको गीत सार्वजनिक भएको छ । सामाजिक संजाल युट्युवमार्फत ‘दुनिया लठ्ठै छ’ बोलको गीत सार्वजनिक भएकाो हो ।

    प्रताप दासको स्वरमा रहेको यो गीतमा अधिकारी आफैको शब्द संगित रहेको छ भने गीतलाई कृष्ण लामिछानेले बजारमा ल्याएका हुन् । गीतमा विनय अधिकारी र प्रतिक्षा खतिवडाको दमदार अभिनय रहेको छ भने गीतको भिडियो निर्देशन कृष्ण लामिछानेले गरेका छन् ।

    नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले आफ्नै अभिनयमार्फत यो गीत बजारमा ल्याएका हुन् । बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।

    गैरआवासिय नेपाली संघ (एनआरएनए)का उपमहासचिव रहेका अधिकारी आगामी निर्वाचनमा अध्यक्ष उठ्ने तयारी गरिरहेका छन् । उनी एनआरएनएमा लोकप्रिय छन् ।