× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना मुग्लिन की तेक्वान्दो खेलाडी सुप्रिकाले जितिन् अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण

    ४ महिना पहिले

    चैत्र-२८, चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन निवासी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा तोक्वान्दो तर्फ स्वर्ण पदक जितेकी छिन् ।

    चितवनको भरतपुर स्थित औद्योगिक प्रदर्शनी केन्द्रमा भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा ७३ के. जी. भन्दा माथिको महिला समुहमा स्वर्ण पदक जितेकी हुन् ।

    दुई दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधाका ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । विजेताहरुलाई बागमती प्रदेशका सांसद सुमन सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।