× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अमेरिका पलायन भएको खबर फैलिएपछि कीर्तिमानी आरोही कमिरिता शेर्पाले जनाए आपत्ति

    १६ श्रावण २०८०, बुधबार

    १६ श्रावण २०८०, बुधबार

    श्रावण-१७, अमेरिका पलायन भएको खबर फैलिएपछि कीर्तिमानी आरोही कमिरिता शेर्पाले आपत्ति जनाएका छन्।

    मंगलबार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उनी पलायन भएको फैलिएको थियो।

    शेर्पाले भने आफू पलायन नभएको र अफ्रिकाको किलिमन्जरो हिमाल आरोहणका लागि अमेरिका गएको बताए।

    ‘किन केहि नबुझिकन न्युज हाल्छ? म नेपाल आउँछु त्यसपछि के भनेर समाचार लेख्दो रहेछ हेरौँला’, उनले भने।

    आफू सेप्टेम्बर महिनामा नेपाल फर्किने बताउँदै उनले ‘ग्रीन कार्ड’ लिएको खबर पनि झुटो भएको बताए।

    उनले अगाडि भने, ‘मेरो छोराको पढाइ सक्किएकै छैन। समाचारमा त पढाइ सक्किएर, ग्रीन गार्ड लिएर आएको भनेछ। ग्रीन कार्ड लिन त्यस्तो सजिलो छ र? त्यै पनि चार जनाको एकै पटक।’

    शेर्पाले २८ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी सबैभन्दा धेरैपटक आरोहरण गरेको कीर्तिमान राखेका छन्।

    यसै वर्षको वसन्त ऋतुमा पनि उनले दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए।