× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी, बागमती, तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    १ वर्ष पहिले

    असार-२२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, बागमती, तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रहेको छ। कर्नाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

    यस्तै, राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।