× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

    ११ असार २०८०, मंगलवार

    ११ असार २०८०, मंगलवार

    असार-१२, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। मङ्गलवार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरुङलाई पक्राउ गरेको सिआइबी स्रोतले जानकारी दिएको छ ।

    ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए। सीआईबीको टोलीले गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको जनाइएको छ ।

    २०७७ माघ २१ गते ललिता निवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी गुरूङलाई दुई करोड धरौटीमा छोडेको थियो। सो मुद्दामा अनुसन्धान भइरहेको छ।

    ३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।