

३ वर्ष पहिले
जेठ-२३, चितवन जिल्लाको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका वरपर जेठ २४ र २५ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण शाखाले हाईवे समाचारलाई दिएको जानकारी अनुसार इच्छाकामना ४ धारापानी क्षेत्रमा ११ केभिए लाईनका जिर्ण भएका पोलहरु बाट नयाँ पोलमा लाइन सिफ्टिङ गर्ने कार्य नसकिएकोले थप दुई दिन दैनिक ५ घण्टा विधुत सेवा अबरुद्ध हुने भएको हो।

यस अघि प्राधिकरणले २० गते देखि २२ गते सम्म ३ दिनमा सो कार्य सम्पन्न गर्ने योजनाका साथ सुचना निकालेको भएपनि काम सम्पन्न नभएकोले जेठ २४ र २५ गते विधुत सेवा अबरुद्ध हुने भएको हो।
प्राधिकरणका अनुसार इच्छाकामना गाउँपालिकाको लेवाटार, कुरिनटार देखि मोबाखोला तथा गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत मकैसिङ, गोर्दी र भुम्लीचोकमा बिहान ६:०० बजे देखि ११:०० बजेसम्म विद्युत सेवा अबरुद्ध हुनेछ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने प्रधिकरणले जनाएको छ।