

९ जेष्ठ २०८०, बुधबार
जेठ-१०, चितवनको इच्छाकामना ५ मुग्लिनमा अवस्थित मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलमा बाल अधिकार तथा बाल न्याय प्रणाली सम्बन्धमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

मर्स्याङ्दी बाल क्लवको आयोजना तथा इलाका प्रहरी कार्यालय मुग्लिनको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाल क्लवकी अध्यक्ष दिप्ती लामिछाने गरेकी थिइन्।

प्रमुख अतिथि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक बिशाल तामाङले बाल अधिकार तथा बाल न्याय प्रणाली सम्बन्धमा प्रशिक्षण दिनुका साथै विधार्थीहरु बाट उठेको जिज्ञासाको जवाफ दिनुभएको थियो।
मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुलका प्रधानाध्यापक दिपक श्रेष्ठको विशेष आतिथ्यता तथा बाल क्लवकी सचिव स्मृति आलेले संचालन गरेको कार्यक्रममा स्कुल क्याटेन प्रसंशा सिलवालले स्वागत मन्तव्य राखेकी थिइन्।

कक्षा ५ कि साम्या जोशीले बाल अधिकारको विषयमा आफ्नो भनाई राखेको कार्यक्रममा विधालयका शिक्षक, शिक्षिका तथा कक्षा ५ देखि १० सम्मको विधार्थीहरु सहभागी भएका थिए।