× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-२२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल पहाडी भू-भागमा बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

    आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।