× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको मूल्य बढ्यो

    ३ वर्ष पहिले

    बैशाख-१७, नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ। यसअघि शुक्रबार तोलामा ५०० रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    यसैगरी, शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

    आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।