× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बालेन शाहले भने-काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्नुस्

    ३ वर्ष पहिले

    चैत्र-३०, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न भनेका छन्।

    चार दिनदेखि सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन नदिएका मेयर शाहले बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबार वा संघीय राजधानी जे सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नभएको बताएका हुन्।

    उनले लेखेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।

    उनले आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिने तर राजनीति नचाहिने बताएका छन्।

    यसअघि उनले गत शनिबार फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति दिएका थिए