× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आइतबार बिहान देखि सम्पर्कबिहीन हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो , पाइलट सकुशल

    २५ चैत्र २०७९, आईतवार

    २५ चैत्र २०७९, आईतवार

    चैत्र-२६, एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ। आइतबार बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटना भएको हो।

    इटालियन बेसक्याम्पबाट धौलागिरी बेस क्याम्पमा सामान लिएर जानेक्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

    उनका अनुसार पाइलट प्रिया अधिकारी सकुशल रहेकी छन्। उनी सामान्य घाइते भएको बताइएको छ। उद्दार गर्नका लागि अर्को हेलिकोप्टर त्यसतर्फ गएको छ।

    शनिबार दिउँसो पनि ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको थियो। उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको हो। हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको थियो।