× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    संसद भवन अगाडि आत्मदाहको प्रयास , प्रहरीद्वारा उद्धार

    ३ वर्ष पहिले

    चैत्र-२४,काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ ।

    संसद भवनको एक नम्बर गेट अगाडि एक जना युवकले आत्मदाहको प्रयास गरेका हुन् ।

    पहिचान नखुलेका ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए । तर, उनलाई तत्काल प्रहरीले उद्धार गरेको छ ।

    काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक कारणले आत्म दाहको प्रयास गरेको देखिएको बताए।

    प्रहरीका अनुसार युवकले ट्रली बसको कार्यालय रहेको क्षेत्रतिर बसेर पेट्रोल खन्याएका थिए।

    यसअघि केही महिनाअघि संसद भवनअघि एक पुरुषले आत्मदाह गरेका थिए ।