× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतको सिक्किममा हिउँ पहिरो: चितवनका २, रूपन्देहीका १ र ४ भारतीय नागरिकसहित ७ जनाको मृत्यु ,१३ घाइते(भिडियो सहित)

    २१ चैत्र २०७९, बुधबार

    २१ चैत्र २०७९, बुधबार

    चैत्र -२२,भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ।

    साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

    चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको गान्तोकका डिस्ट्रिक कलेक्टर तुसार निखारेले विज्ञप्ति निकालेर जनाएका छन्।

    साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए।

    मंगलबार मध्याह्न गान्तोक-नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो। हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए।

    सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।