× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिभुवन विमानस्थल भित्र सेवा दिँदै आएका ट्याक्सी चालकहरु हड्तालमा

    २ वर्ष पहिले

    चैत्र -२१, त्रिभुवन विमानस्थल भित्र सेवा दिँदै आएका ट्याक्सी चालकहरु हड्तालमा उत्रिएका छन् । विमानस्थल भित्र पार्किङ क्षेत्रमा भाँडा महँगो भएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा चालकहरुले विमानस्थल भित्र दिने ट्याक्सी सेवा बन्द गराएका हुन् । विमानस्थलभित्र प्रतिघण्टा २० बाट बढाएर ८० रुपैयाँ पुर्याइएको छ ।

    अझै १०० रुपैयाँ पुर्याउने धम्की आइरहेको चालकहरुको गुनासो छ । विमानस्थल बाहिरको गेट अगाडी चालकहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।

    विमानस्थलको जग्गा आईएमएम एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । पार्किङ गर्ने सवारी साधनहरुले भाँडा धेरै लिएको भन्दै गुनासो गरेका छन् ।