× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

    १ वर्ष पहिले

    चैत्र -२, नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको छ । जसअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको छ ।

    निगमका एक अधिकारीले मूल्य घटेको आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताए । हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।