× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिन्धुलीको फिक्कल-४ कुइभीरमा बस दुर्घटना: ५ जनाको मृत्यु, २४ घाइते

    १ वर्ष पहिले

    फागुन -२८, ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस सिन्धुलीको फिक्कल-४ को कुइभीर भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।

    मृतकको पहिचान हुन सकेको छैन । घाइतेको उद्धार भइरहेको छ। बसमा २९ जना सवार रहेको जनाइएको छबस आफैं अनियन्त्रित भई भित्तामा गएर ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी दुर्घटनाको कारण भने खुल्न बाँकी छ।