× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

    ३ वर्ष पहिले

    फागुन-२७, नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

    शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

    उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम हुँदैछ। दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ।

    आज अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ।

    दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको निर्वाचन आयाेगले गरेकाे छ।

    आयाेगका अनुसार शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिनेछ।

    आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

    उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ।