× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    खाद्य विभागद्वारा रामनगर र जुगेडीको होटलमा अनुगमन, अखाद्य पदार्थ नष्ट र बरामद

    १ वर्ष पहिले

    फागुन-२७,नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गतका होटलले न्युन गुणस्तरीय खाना खुवाएको भन्ने गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले शुक्रबार राति होटलमा अनुगमन गरेको छ । सांकेतिक रुपमा रामनगर र जुगेडीका तीन होटलमा अनुगमन गरिएको हो ।

    राजमार्गका होटलमा जिल्ला प्रशासन, खाद्य, प्रहरी, होटल व्यवसायी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा होटलले आवश्यक सरसफाईको व्यवस्था गरेको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए ।

    जुगेडीको होटल नमस्ते नेपालमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ । सरसफाई कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नविकरण समेत नभएको पाएपछि प्रशासन कार्यालयमा उपस्थितीको लागि निर्देशन दिइएको छ ।

    श्रीनगर होटल एण्ड रेष्टुरेन्टमा खान अयोग्य मासु नष्ट गरिएको छ । यो होटलमा सादा खानाको मूल्य अत्यधिक लिएको पाइएको छ भने सरसफाइमा पहिलाको भन्दा केहि सुधार देखिएको सहायक प्रजिअ शर्माले बताए ।

    त्यस्तै, रामनगरको मिलिजुली होटलमा खाना खाएका यात्रुले बासी खाना खुवाएको गुनासो गरे । आफ्नो होटलमा गाडी ल्याएर रोके बापत होटल सञ्चालकले गाडी चालकलाई हरेक पटक मासु खाना र १५ सय रुपैयाँ दिने गरेको प्रतिक्रिया दिए ।