× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि ‘फोर्स ल्यान्डिङ’, सबै यात्रु सकुशल

    १ वर्ष पहिले

    फागुन -२५, काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको छ।

    बिहीबार बिहान काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको थियो। उक्त जहाजलाई धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो।

    उडेको केहीबेरमा चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए। त्यसपछि जहाज फर्काएर काठमाडौंमा आकस्मिक अवतरण गर्न भनिएको थियो।

    जहाजमा आगो देखिएङ्को सूचना आएपछि विमानस्‍थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो। विमानको दायाँ इन्जिनमा आगो लागेको बताइएको छ।

    विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला बताए।