× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला सम्पन्न

    १ वर्ष पहिले

    फागुन -२३, फागु पर्वको अवसरमा आँबुखैरेनी वाङ्मय परिषदद्वारा आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा आयोजित ‘छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला’ सम्पन्न भएको छ ।

    “गण्डकी प्रदेश कै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं , राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं” भन्ने नारा सहित यही फागुन २२ गते सोमबार फागुपूर्णिमा को दिन वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

    कार्यक्रम को उद्धघाटन गण्डकी प्रदेश उद्योग पर्यटन बन तथा वातावरण का मन्त्री रेशम बहादुर जुग्जालीले गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले छिम्केश्वरीको पर्यटन प्रवद्धन गर्न गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताएका थिए ।

    यस्तै आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले युवाहरुलाइ स्थानिय स्तरमा उत्पादनमा जोड दिँदै उत्पादित बस्तुलाइ बजारकिरण गर्न गाउँपालिकाले सहजीकरण गर्न थालिएको बताए ।

    मेलामा स्थानिय तथा राष्ट्रिय कलाकार सहित साहित्यीक ब्यक्तीहरु सहित उल्लेखनीय रुपमा दर्शकहरुको उपस्थिति रहेको थियो । स्थानिय रुपमा उत्पादित बिभिन्न सामाग्रीहरु समेत बिक्रिका लागी स्टलमा राखिएका थिए । कार्यक्रममा होलीको रङ्गहरु संगै धनुष बाण, भाल तथा छेलो हान्ने प्रतियोगिता समेत भएको थियो ।

    सामुन्द्रिक सतहबाट २ हजार १ सय ३४ मिटरको उचाइमा अवस्थित छिम्केश्वरीमाई मन्दिर गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छ। छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

    छिम्केश्वरीको उत्तरतर्फ मनोरम हिमालका दृश्यहरू धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे हिमचुली लमजुङ्ग, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिन्छ । आँबुखैरेनीबाट छिम्केश्वरी जानको लागि १८ किलोमिटर सडकमार्फत ४५ मिनेट को यात्रा तय गरी सजिलै सवारी साधनवाट लाब्धी गाउँ र त्यसपछि ३० मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ ।