२ वर्ष पहिले
फागुन-२१, अछाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि आजै बिहान ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोकको काशिखण्ड केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।