× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुट्यो

    १ वर्ष पहिले

    फागुन-१९, तनहुँको व्यास नगरपालिका–१ स्थित गल्बुवेसी स्थित एक निजी विद्यालयका शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुटेको छ ।

    मादी श्री आवासीय माध्यमिक विद्यालयका शिक्षक मनोज राउतले कानको जाली नै फुट्ने गरी कुटेका हुन् । राउतले कक्षा ६ मा पढ्ने १२ वर्षीय रोनिश पराजुलीलाई कुट्दा देब्रे कानको जाली फुटेर दुई वटा प्वाल परेको र कानभित्र रगत समेत जम्न पुगेको छ ।

    राउतले आइतबार कक्षा ६ मा पढ्ने रोनिश पराजुलीले गल्ती गरेको भन्दै कानको जाली नै फुट्ने गरी पिटेको हो। शिक्षक राउतले आफूले विद्यार्थी पराजुलीलाई पिटेको स्वीकार गरेको छ।

    रोनिशको आमा अर्पणा पराजुली छोरा घाइते भएपछि सुरुमा एपोलो हस्पिटल दमौली लागेको र अस्पतालले पोखरा रिफर गरेपछि मङ्गलवार गण्डकी मेडिकल कलेज लगेर जचाएका थिए । त्यसपछि विद्यालयले विश्वास नगरेपछि पुनः पोखराकै पार्कल्याण्ड हस्पिटलमा नाक, कान घाँटी विशेषज्ञ डाक्टर सुधीर गोपाल पराजुलीसँग परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कानको जालीमा दुई वटा प्वाल परेको र रगत समेत जमेको डाक्टरको रिर्पोटमा उल्लेख छ ।

    कुट्ने शिक्षक माथी कारबाही गर्नुपर्ने माग राखेको छ । शारीरिक र मानसिक यातना दिएको स्थितिमा नकारात्मक असर परेर विगत पाँच दिन देखि विद्यालय जान नसकेकोको बालकका हजुरआमा नानीमाया अधिकारीले बताए।