× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर, फागुन २५ गते सजाय तोकिने

    १ वर्ष पहिले

    फागुन -१६, विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

    भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ ।

    विशेष अदालतले सोही मुद्दामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने बताउनु भयो ।