× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लागुऔषधसहित पर्वतका दुई युवक पक्राउ

    १ वर्ष पहिले

    फागुन -१०, तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट प्रहरीले लागुऔषध सहित २ दुई युवकलाई पक्राउ गरेको छ।

    अस्थायी प्रहरी पोष्ट बेनिटारमा आज(बुधबार) दिउँसो ०२:३० बजेको समयमा मुग्लिङबाट आँबुखैरेनी तर्फ जाँदै गरेको ग.१३ प. ६३६४ नम्बर को भिआर मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पर्वतको मोदी गाउपालिका वडा नं ८ चित्रे बस्ने बर्ष २४ को बिशाल सुनार र उक्त मोटरसाइकलको पछाडी सवार सोही स्थानका २८ वर्षका दिवस गुरुङले साथमा लिई आएको जेब्रा झोला भित्र रहेको २ वटा पोलिथिन झोलामा १ के.जी. ५२० ग्राम र चामलको बोरा भित्र ५ के.जी. ७८५ ग्राम गरी कुल जम्मा ७ के.जी. ३०५ ग्राम अवैध लागुऔषध गाँजा फेला पारी रितपुर्वक बरामद गरी दुबैलाई पक्राउ गरिएको छ।

    पक्राउ परेका दुबैजनालाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन २०३३, बमोजिमको कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।