× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश नं १ का पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

    १ वर्ष पहिले

    फागुन-९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश नं १ का पहाडी भुभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    आज दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। छ। प्रदेश नं १ का पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै रातीː प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।