× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पोखराको डाँडानाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा ४२ जना घाइते, केहीको अवस्था गम्भीर

    १ वर्ष पहिले

    फागुन-७,पोखरा महानगरपालिका २६ लेखनाथ डाँडानाक प्रहरी चौकी अगाडि खोल्सामा बस खस्दा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

    घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयाे । ‘ब्रेक फेल’ भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । बसमा धेरैजसाे पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।