× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चर्चित ब्याण्ड १९७४ एडीका सदस्यहरु सवार गाडी झापामा दुर्घटना

    १ वर्ष पहिले

    फागुन -६, चर्चित नेपाली ब्याण्ड १९७४ एडीका सदस्यहरु सवार गाडी शनिबार झापामा दुर्घटना भएको छ ।

    ब्याण्ड व्यवस्थापक अनुज कार्कीले दुर्घटनामा सबै सदस्यहरु सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिएका छन् । ‘हामी सुुरक्षित छौं । सन्देश र सद्भावका लागि धन्यवाद । हामी सकुशल काठमाडौं फर्किएका छौं’ फेसबुकमा उनले लेखेका छन् ।

    झापाको चन्द्रगढीमा गाडी दुर्घटनामा परेको हो । साइकल यात्रीलाई जोगाउने क्रममा गाडी दुर्घटनामा परेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीले बा २१ च २२८५ नम्बरको गाडी दुर्घटनामा परेको जनाए ।

    ब्याण्डले बुधबार राती झापामा लाइभ प्रस्तुति दिएको थियो ।