× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अबदेखि माध्यमिक तहमा कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भरे हुने

    ३ वर्ष पहिले

    फागय-५, राष्ट्रिय परीक्षा बोर्डले अबदेखि कक्षा–९ मा मात्रै रजिष्ट्रेसन फाराम भर्ने व्यवस्था गरेको छ। बोर्डले दोहोरो रजिष्ट्रेसन फाराम भरिँदै आएकोमा माध्यमिक तहमा एकपटक रजिष्ट्रेसन फाराम भरे हुने गरी व्यवस्था गरेको हो।

    माध्यमिक तहमा कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन फाराम भराउने गरिएको थियो। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अबदेखि कक्षा ९ मा मात्रै रजिष्ट्रेशन फाराम भराउने र कक्षा ११ मा भने नभराउने व्यवस्था गरेकाे बताए। ‘अब देखि कक्षा-९ मा मात्रै रजिस्ट्रेशन फाराम भरे हुन्छ,यसै वर्षबाट यो लागु भइसकेको छ,’उनले भने।

    बोर्डले कक्षा –११ का लागि प्रतिविद्यार्थीबाट रजिष्ट्रेशन शुल्क ८ सय रुपैयाँ उठाउँदै आएको थियो। तर,अभिभावक तथा सरोकारवालाहरूले सरकारले कक्षा-१२ सम्मलाई माध्यमिक तह कायम गरेकोले एकै तहभित्र दुईपटक रजिस्ट्रेशन फाराम भर्नु उपयुक्त नभएको आवाज उठाउँदै आएका थिए।