× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते, कीर्तिपुर अस्पतालमा आइसियूमा उपचार हुँदै

    १ वर्ष पहिले

    फागुन -४,खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा आइसियूमा उपचार हुँदै छ ।

    बुधबार राति १० बजे उनको निवास बुद्धनगरमा सिलिण्डर ग्यास विस्फोट भए पछि उनलाई कीर्तिपुर अस्पताल लगिएको हो ।

    भण्डारीको शरीरको केही भाग जलेको उनका सहयोगीले जनाएका छन् । घटनामा घाइते उनकी आमाको ७० प्रतिशतभन्दा धेरै जलेको चिकित्सकल जनाएका छन् ।

    बुधबार राति नै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउँदलगायत नेताहरु अस्पताल पुगेका थिए ।