× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १ संक्रमित थपिँदा, निको हुनेको संख्या २

    १ वर्ष पहिले

    फागुन-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ जना रहेको छ ।हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार ३ सय ४६ जना पुगेको छ ।

    २४ घण्टामा ५ सय ४७ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या १ जना रहेको छ । हालसम्ममा ६० लाख ८ हजार ९३ जनाको पिसिआर भएको जनाईएको छ।

    पछिल्लो २४ घण्टामा २ जनमा एन्टिजन विधिबाट परीक्षण हुँदा संक्रमितको संख्या शुन्य रहेको छ। हालसम्ममा १५ लाख ४ हजार ३ सय २ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा निको हुनेको संख्या २ जना रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ९० हजार ९० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ जना रहेको छ।