× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

    १ वर्ष पहिले

    माघ-२९, चितवन क्षेत्र नम्बर–२ मा आउँदो वैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ ।

    निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै वैशाखमा १० मा उपनिर्वाचन हुने जनाएको छ ।

    गएको मंसिर ४ गते भएको निर्वाचनमा त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । यही माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि उनको सांसद पद खारेज भएको थियो ।

    रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारीमा आयोग जुटेको छ ।