× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    १ वर्ष पहिले

    माघ-२४, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

    निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ ।

    वृद्धि गरिएको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९-१०-२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’