× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर बिरुद्द इच्छाकामनाका ब्यबसायीको विरोध कार्यक्रम

    १ वर्ष पहिले

    माघ-२३, चितवनको इच्छाकामना गाउँपालिकाका व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर बिरुद्द विरोध कार्यक्रम गरको छ।

    स्वर्गीय प्रेम आचार्यको १३ औ दिनको पुण्य तिथिमा बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर बिरुद्द इच्छाकामना उद्योग वाणिज्य संघ द्वारा मुग्लिनमा आयोजित कार्यक्रममा इच्छाकामनाका किराना व्यवसायी, होटल ब्यवसायी, फेन्सी व्यवसायी, स्टेशनरी व्यवसायी, भेटेनरी व्यवसायी तथा सुन चाँदी व्यवसायीहरुको उपस्थित रहेका थिए।

    इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुको अध्यक्षता तथा सचिव मणिरत्न शाक्यले संचालन गर्नुभएको विरोध कार्यक्रममा होटल ब्यवसायी संघका अध्यक्ष मिनबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो।

    बैंकको चर्को व्याजदरका कारण व्यवसायीले आत्महद समेत गर्नुपर्ने बाध्यकारी अबस्था आएको भन्दै सरकार र राष्ट्रबैंकले यसको नियन्त्रण गर्नुपर्ने इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष गुभाजुले वताउनुभयो।