२ वर्ष पहिले
माघ-२२,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सु,कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का सम्भावना रहेको छ ।
यस्तै,राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।