× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को परीक्षा आवेदन खुला

    १ वर्ष पहिले

    माघ-२०,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आवेदन खुला गरेको छ ।

    २०८० सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षाको लागि परीक्षार्थीले नियमित शुल्कमा यहि माघ मसान्तसम्म आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने बोर्डले जनाएको छ ।

    बोर्डले कक्षा ११ को पनि ग्रेडवृद्धि तथा आंशिक परीक्षाका आवेदन खुला गरेको छ । बोर्डको अनुसार रजिष्ट्रेसन नम्बरका शुरुका दुई अंक ७२, ७३ र ७५ भएका परीक्षार्थीहरुको लागि अन्तिम एक पटकका लागि मात्रै आवेदन दिन सक्ने अवसर हो ।