× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

    २ वर्ष पहिले

    माघ-१९, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्।

    कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट पक्राउ गरेको हो।

    नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पुष्टि गरे।

    ‘सांसद चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको छ’, डीआईजी पोखरेलले नेपालखबरसँग भने, ‘अहिले उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीतर्फ लगिँदैछ।’

    १० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।