× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा माघ २७ गतेदेखि पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी इन्टरनेशनल एक्स्पो आयोजना हुने

    १ वर्ष पहिले

    माघ-१८, चितवनमा माघ २७ गतेदेखि पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी इन्टरनेशनल एक्स्पो आयोजना हुने भएको छ।

    कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि कृषिसम्बन्धी बृहत् प्रदर्शनी आयोजना गर्ने भएको हो।

    माघ २७, २८ र २९ गते बागमती प्रदेशअन्तर्गत चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा एक्स्पो आयोजना हुने भएको छ।

    यस आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।

    उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसीपालन, डेरीलगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाई, बिषादीरहित कृषि इत्यादिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जानकारी दिएको छ।

    उक्त प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिएको छ।

    निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखि डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला-ठूला उपकरणहरूको प्रदर्शनीलगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।

    उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम् प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने आयोजकको दाबी छ।

    पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीसँगै नेपाल फुड एंड वेभेरेज एक्स्पो पनि आयोजना हुने बताइएको छ।

    यस फुड एंड बेभेरेज एक्स्पोअन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिङलगायत व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरू समावेश रहनेछन् ।

    समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गइरहेको यस प्रदर्शनीमा देशभरिबाट आउनु हुने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूबारे जानकारी गराउने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।

    यस प्रदर्शनीलाई सफल बनाउन प्रवर्द्धकका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारका रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सहप्रायोजकका रुपमा ल्याण्डफोर्स र जगतजित रहनेछन्।

    यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोडर्, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघलगायतका विभिन्न संघ संस्थाहरू रहने जनाइएको छ।