× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनै पर्ने !

    १ वर्ष पहिले

    माघ-१८, सरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो ।

    मन्त्रालयमा मंगलबार आयोजित मन्त्रीस्तरीय बैठकले जतिसक्दो छिटो दुवैजनाले हेल्मेट लगाउने नियम कार्यान्वयनमा ल्याउन जोड दिएको छ । मोटरसाइकल यात्रालाई सुरक्षित र दुर्घटनामा क्षति कम गर्नेबारे छलफल गर्न मंगलबार भौतिकमन्त्रीले विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुखहरूसँग छलफल गरेका थिए । छलफलमा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउन जरुरी रहेको बताए । उनले बरु कहिले र कसरी लागू गर्ने भन्ने विषय चुनौतीपूर्ण भएको बताए । यो नियम कार्यान्वयन गर्न पहिला जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा एमाले नेता योगेश भट्टराईले विदेशतिर पनि पछाडि बस्नेले हेल्मेट लगाउने गरेको बताए ।

    उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीले यसअघि यो नियम कार्यान्वयन गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै कमिसन खाएको आरोप लागेपछि कार्यान्वयन नभएको बताइन् । उनले सबै जिम्मेवार भए पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम कार्यान्वयन हुनुपर्ने बताइन् । कार्यक्रममा डाब्लुएचओ नेपालका प्रतिनिधि पनि उपस्थित थिए । स्वास्थ्य मन्त्रालयमा सहप्रवक्ता समीरकुमार अधिकारीले मोटरसाइकलमा बस्ने दुवैले हेल्मेट लगाउनैपर्ने जोड दिए । उनले सवारी दुर्घटनामध्येका ६८ प्रतिशत दुर्घटना मोटरसाइकलकै कारण हुने गरेको तथ्यांक दिए ।