× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सर्लाहीमा नुनलाई मल भन्दै बेच्ने व्यापारी पक्राउ

    १ वर्ष पहिले

    माघ-१७, सर्लाहीको गोडैताबाट प्रहरीले नुनलाई पोटास (रासायनिक मल) भन्दै बेच्ने एकजना व्यापारीलाई पक्राउ गरेको छ।

    गोडैता नगरपालिका-७ बाट १५५ बोरा नक्कली रासायनिक मलसहित एकजना व्यापारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    सुराकीका आधारमा पुगेको प्रहरी टोलीले सोमबार साँझ गोडैता नगरपालिका–७ का ५५ वर्षीय मोहन दासलाई पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय श्रेष्ठका अनुसार दासले गोडैता- ७ र ८ मा चलाएको महालक्ष्मी कृषि सहकारी संस्था र दास बिज भण्डारबाट १५५ बोरा नक्कली मल र केही प्याकेट रंग पनि बरामद गरेको छ।

    दासको भण्डारबाट पारस सर्वोत्तम् खाद्य लेखिएको ५० केजी दरको प्याक गरिएको ३२ बोरा, आइपीएल डीएपी इन्डियन पोटास लेखिएको ५० किलो दरका २० बोरा र ५० किलो दरको १०३ वटा नुनका बोरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ।