× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    धनुषामा हिरासत फोरेर ६ थुनुवा फरार

    १ वर्ष पहिले

    माघ-१६, धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन्।

    उनीहरू हिरासतको फोरेर आइतबार राति करीब १ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोदकुमार शर्मा, अमीत मण्डल, रोशन यादव, हरिवित सिंह, रोशन महतो र शंकर सिंह फरार भएका हुन्।

    हिरासत रहेको भवन पुरानो र जीर्ण रहेकाले फोरेर भाग्न सफल भएको प्रहरीको भनाइ छ। “प्रहरी ड्युटीमै थिए। अगाडिबाट हिरासतभित्र देखिंदैन। भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेका हुन्,”डीएसपी क्षेत्रीले भने।

    डीएसपी क्षेत्रीका अनुसार‚ फरार मध्ये दुई जना हात हतियार, दुई जना लागुऔषध र दुई जना अभद्र व्यवहारका आरोपमा पक्राउ परेका थिए। उनीहरूको खोजी भइरहेको उनको भनाइ छ।