× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पोखराबाट चोरी गरेको स्कुटर सहित आँबुखैरेनीमा एकजना पक्राउ

    ३ वर्ष पहिले

    माघ-१५, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १८ खहरे बाट चोरी गरेको स्कुटर सहित प्रहरीले लमजुङ बेशिसहर नगरपालिका वडा नं ५ घर भई कास्कीको मादी गाउँपालिका वडा न.३ याङ्जाकोट बस्ने १८ वर्षिया प्रकाश बि.क.लाई पक्राउ गरेको छ ।

    आज (आइतबार) विहान अन्दाजी ३:०० बजेको समयमा कास्कीका कृष्ण कुमारी गुरुङको नाममा रहेको लु.२७ प. ५२२७ नं.को स्कुटर चोरी तनहुँको आँबुखैरेनी गाउँपालिक वडा न. ३ चिसापानीमा रहेको बिश्वकर्मा मोटरसाईकल वर्कशपमा बेच्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीले स्कुटर सहित विकलाई पक्राउ गरेको हो ‌।

    स्कुटर सहित पक्राउ परेका विकलाई थप अनुसन्धानको लागी सम्बन्धित जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ‌‌।