× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    संसद् भवन अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन

    ३ वर्ष पहिले

    माघ-११, संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन भएको छ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको डाक्टर किरण नकर्मीले जानकारी दिएका छन्।

    शरिरको अधिकांश भाग जलेका कारण उनलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ।

    मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए ।

    तत्काल प्रहरीले आगो निभाएर अस्पताल लिँदा गम्भीर घाइते उनको शरीरको ८० प्रतिशत भाग जलेको पाइएको थियो।

    मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।