

१८ पुष २०७९, मंगलवार
पुस-१९, रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधि सभा सांसद भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन्।

एमाले अध्यक्ष ओलीले साहलाई पार्टी प्रवेश गराएका हुन्। गत मंसिरमा भएको चुनावमा साहले नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोस आलमलाई हराएका थिए।
उनी २०७७ मा जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा गएका थिए। तर उनलाई गत मंसिरमा भएको चुनावमा एमालेले टिकट दिएको थिएन। उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव जितेपछि उनी पुनः एमालेमै फर्किएका छन्।