

१८ पुष २०७९, मंगलवार
पुस-१९, बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई साढे तीन वर्ष जेल सजाय हुने भएको छ।
बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलाशले लागूपदार्थ कारोबारको अभियोगमा घर्तीलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए।

तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा २०७७ साल असार १२ गते ८० किलो गाँजा भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो।
बुर्तिबाङ बजारमा गाँजा खाने समूहलाई समातेपछि गाँजा आपूर्ति गर्ने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी घर्तिकहाँ पुगेको थियो। घर्ती गत निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निसीखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।