२ वर्ष पहिले
पुस-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २ जना रहेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५३ हजार २ सय ८९ जना पुगेको छ ।
२४ घण्टामा ३ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमितको संख्या २ जना रहेको छ । हालसम्ममा ५९ लाख ८९ हजार ९ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार २ सय ३९ जनामा एन्टिजन विधिबाट परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ। हालसम्ममा १४ लाख ७८ हजार ७ सय४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा निको हुनेको संख्या ३ रहेको छ । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ९ सय ५४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ जना रहेको छ।