× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन बजार व्यवस्थित र सुन्दर बनाउन वडा अध्यक्ष तेजबहादुर शेरचनको अभियान

    २ वर्ष पहिले

    पुस-१७, देशकै ब्यस्त पृथ्वी राजमार्गको मध्यभागमा रहेको चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ को मुग्लिन बजारलाई व्यवस्थित र सुन्दर बनाउन वडा अध्यक्ष तेजबहादुर शेरचनले अभियानको शुरुआत गरेको छ।

    बजारक्षेत्रमा सडकलाई नै गोदाम बनाएर निर्माण सामाग्री राख्ने, ब्यबसायिक सामाग्री राखेर सडक छेक्ने, सडकमै ग्यारेज चलाउने, जथाभावी ठेला राख्ने, सडक क्षेत्रमा टहरा निर्माण गर्ने जस्तो कार्यले बजार अव्यवस्थित हुनका साथै दुर्गन्धित हुने तथा सडकमै व्यवसाय संचालन गर्दा सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको जनगुनासो बढेपछि वडाअध्यक्ष शेरचनले अभियानको रुपमा बजार व्यवस्थित र सुन्दर बनाउन सक्रिय भएका हुन्।

    इलाका प्रहरी कार्यालय मुग्लिन, ट्राफिक प्रहरी कार्यालय, होटल ब्यवसाय संघ, उद्योग वाणिज्य संघ, टोल सुधार समिति, विभिन्न क्लब तथा राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितमा अब्यबस्थित फलफूल बिक्री गर्ने ठेलालाई निश्चित स्थानमा ब्यबस्थित गर्नुका साथै सडक क्षेत्रमा व्यवसायिक सामग्री राखेर ब्यबसाय संचालन गर्नमा रोक लगाएको छ।

    यस अघि बजार व्यवस्थित गर्न ३५ दिने सुचना निकाली सकेको र पटकपटक मौखिक रुपमा पनि जानकारी दिइसकेको हुँदा सो सुचना अटेर गरेमा कानुन अनुसारको प्रकियामा जाने अध्यक्ष शेरचनले हाइवे समाचारलाई बताउनु भयो।