× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अर्जेन्टिनी सरकारले मेस्सीको फोटो अंकित एक हजारको नोट जारी

    ३ वर्ष पहिले

    पुस-६, कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ।

    फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो।

    विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए।